सहजीकरण समितिद्वारा कर्मचारीसँग वार्ता सुरु
काठमाडौँ । आन्दोलनरत संघीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले गठन गरेको समितिले छलफल सुरु गरेको छ । समितिले सोमबार कर्मचारी युनियनका प्रतिनिधिसँग छलफल गरेको हो ।
नेकपा एमाले सचेतकको कार्यालयमा जारी बैठकमा राष्ट्रिय सभाका सचिवको समेत उपस्थिति रहेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बनेको प्रमुख दलका शीर्ष नेतासहितको बैठकले कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसद्का महासचिव सदस्य रहेका छन् ।
कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने भएका छन् । सरकारले कर्मचारीका लागि माग संशोधनका लागि सहजीकरण समिति बनाउँदैमा आन्दोलन नरोकिने सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्बासे जैसीले रातोपाटीलाई जानकारी दिए ।
कर्मचारीहरूले उठाएको अतिरिक्त समयमा काम गरेको अतिरिक्त भत्ता, घरभाडा बापतको भत्ता वृद्धि लगायतका ११ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण