विदेश पठाउने आश्वासन देखाएर ठगेको आरोपमा दुईजना पक्राउ
सोमबार, १० असार २०८१, १८ : ५८
काठमाडौँ । विदेशमा रोजगारीका लागि पठाउने आश्वासन देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर अनामनगर बस्ने ३४ वर्षीय नर्वदा कुमार खड्का र काठमाडौँको नागार्जुन घर भएका ४० वर्षीय पासाङ लामा छन् ।
खड्काले क्यानडा पठाउने आश्वासन दिएर पीडितसँग ३ लाख ८५ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पासाङले दुईजना पीडितबाट पोर्चुगल पठाउने आश्वासन दिएर ५ लाख २० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण