वैदेशिक ठगीमा ७ वर्ष जेल बसेर छुटेका पुरुष मानव बेचबिखन मुद्दामा पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने नाममा ठगेको कसुरमा ७ वर्ष जेल बसेर निस्केका पुरुष पुनः बेचबिखन मुद्दामा पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–८ घर भएका ४२ वर्षीय मनोज महर्जनलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
महर्जनले दुबईमा पठाएर बन्धक बनाउँदै यौन शोषण गरेको सुराक पाएपछि प्रहरीले २८ वर्षीया युवतीको उद्धार गरेको छ । सम्बन्धित निकायसँग समन्वय गरेर २०८० चैत २९ मा पीडितलाई दुबईबाट उद्धार गरेर काठमाडौँ ल्याएको एसपी मिश्रले जानकारी दिए ।
पीडित युवतीलाई आरोपीले दुबईमा टिस्यु पेपेर प्याक गर्ने कम्पनीमा जागिर मिलाइदिने आश्वासन दिएर काठमाडौँबाट पठाएका हुन् । भिजीट भिसामा त्यहाँ लगेर यौन शोषण गरेको पीडितको आरोप छ । असार ७ मा आरोपीलाई गौशालाबाट पक्राउ गरेर मानव बेचबिखन मुद्दामा अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण