टाउकोमा बाँसको मुँगडी प्रहार गरी बहिनीको हत्या, दाइ पक्राउ
रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनीको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ वर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्। राम माथि ज्यान सम्बन्धी कर्तव्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
गत आइतबार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० वर्षीय तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण