बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

काठमाडौँको बानियाँटारबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

मङ्गलबार, ११ असार २०८१, १० : ४८
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । काठमाडौँको बानियाँटारबाट प्रहरीले लागुऔषध खैरो हेराइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया घर भएर टोखा नगरपालिका–८ मा बस्ने १९ वर्षीय भरत बोहरा र मोरङ घर भएर टोखा बस्ने २६ वर्षीय तुलाराम चौधरी छन् । 

आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए । उनीहरुले लागु औषध बेच्न प्रयोग गर्ने बा।९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । 

उनीहरू विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप