झलनाथको दाबी-'नेतृत्व लिएँ भने क्रान्तिकारी पुस्ता निर्माण गर्छु'
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् ।
अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना र कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि खनालको भनाइ छ ।
‘मैले महाधिवेशनबाट जिम्मेवारी लिएँ भने नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने काममा लाग्नेछु’, खनालको भनाइ छ ।
मंगलबार खनालले नेकपा एकीकृत समाजवादी समर्थक सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक चुनौती छन् । यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले त्यो आवश्यकता पूर्तिका निम्ति आफूले आफ्नै ढंगले भूमिका खेल्नुपर्ने देखिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको दोस्रो विश्वकप उपाधि : युवा खेलाडी र उत्कृष्ट रणनीतिको कमाल
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण