बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

झलनाथको दाबी-'नेतृत्व लिएँ भने क्रान्तिकारी पुस्ता निर्माण गर्छु'

मङ्गलबार, ११ असार २०८१, ११ : ०२
मङ्गलबार, ११ असार २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व लिन पाए नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने दाबी गरेका छन् । 

अहिलेको अवस्थामा आम कार्यकर्ताको आवश्यकता, चाहना र कम्युनिस्ट आन्दोलनको आवश्यकता र चाहनालाई ध्यानमा राख्दा पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्तको दिशामा सबभन्दा पहिले रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको पनि खनालको भनाइ छ । 

‘मैले महाधिवेशनबाट जिम्मेवारी लिएँ भने नयाँ क्रान्तिकारी पुस्ता निर्माण गर्ने काममा लाग्नेछु’, खनालको भनाइ छ । 

मंगलबार खनालले नेकपा एकीकृत समाजवादी समर्थक सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘अहिले पार्टीसामु थुप्रै वैचारिक, राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक चुनौती छन् । यी चुनौती सामना गर्न क्रान्तिकारी ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ उनले त्यो आवश्यकता पूर्तिका निम्ति आफूले आफ्नै ढंगले भूमिका खेल्नुपर्ने देखिरहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप