लीलादेवी गड्तौलालाई नै मुख्य सचिव बनाउन आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य रञ्जु कुमारी झाले कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै मुख्यसचिव पदमा नियुक्त गर्न आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोलेकी सांसद झाले अब महिलालाई देशको ब्युरोकेसीको उच्च पदमा लाने समय आएको बताइन् । उनले सरकारसँग गड्तौलालाई नै मुख्यसचिव बनाउन आग्रह गरेकी हुन् ।
‘महिला आन्दोलनको उपलब्धिको रूपमा राष्ट्रपतिको रूपमा महिलालाई देख्यौँ, सभामुखको रूपमा महिलालाई देख्यौँ, प्रधानन्यायाधीशको रूपमा महिलालाई देख्यौँ अब पालो छ मुख्य सचिवको ।’ उनले थप भनिन्, ‘ब्युरोक्रेसीको हेडको रूपमा जुन कामु महिला जानुभएको छ, उहाँलाई नै मुख्यसचिव बनाउन म सरकारलाई आग्रह गर्छु ।’
उनले महिला मुख्य सचिव नियुक्त भए निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याल जस्तो भ्रष्टाचार प्रकरणमा उनी नफस्ने विश्वास समेत व्यक्त गरिन् ।
आइतबार विशेष अदालतमा अख्तियारले मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सरकारले सोमबार कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै जिम्मेवारी दिएको थियो । यस्तै, निलम्बित अर्याललाई भने राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी सरकारले सरुवा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण