म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऊँ : महामन्त्री थापा
मङ्गलबार, ११ असार २०८१, १६ : १०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरूलाई आग्रह गरे । उनले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र योबिचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छोडिदिन आग्रह गरे ।
महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण