धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
मङ्गलबार, ११ असार २०८१, १८ : ३९
सुनसरी । धरान उपमहानगरपालिका-१७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्र.१-०२-०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको हो ।
स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तत्काल फरार रहेका स्कुटर चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण