जेलेन्स्कीद्वारा एक शीर्ष सैन्य कमान्डर बर्खास्त
मङ्गलबार, ११ असार २०८१, २१ : ३५
कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एक शीर्ष सैन्य कमान्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि यो कदम लिइएको बताइएको छ ।
लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको सुरुदेखि युक्रेनको सशस्त्र बलको कमान्डर थिए । उनको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ।
यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाएका छैनन् । जेलेन्स्कीले सोमबार राति एक सम्बोधनमा लेफ्टिनेन्ट जनरल सोडोललाई बर्खास्त गरेको घोषणा गरेका थिए।
सोडोललाई फेब्रुअरी २०२४ देखि सशस्त्र बलको कमान्डर बनाइएको थियो। हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण