रुपन्देहीमा २२ वर्षपछि फरार प्रतिवादी पक्राउ
बुधबार, १२ असार २०८१, ०६ : २७
बुटवल । रुपन्देहीमा २२ वर्षपछि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत बुटवलको २०५९ सालमा फैसला गर्दा दोषी ठहर गरी जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष १० महिना २९ दिन कैद सजाय तोकिएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ बस्ने बलिराम लोधलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ वर्ष पछि पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही डिएसपी मनोहर प्रसाद भट्टले लोधलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण