खैरो हिरोइनसहित कैलालीबाट एक जना पक्राउ
बुधबार, १२ असार २०८१, ०९ : ३९
धनगढी । नेपाल प्रहरीले कैलालीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले गएराति जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराका अनुसार पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ तेघरी बस्ने २४ वर्षीय अमित सोव रहेका छन् ।
उनलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १ ग्राम १६० मिलिग्राम फेला परेपछि बरामद गरिएको हो । सोवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासत कक्षमा राखी थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण