पोखरामा सडक भासिँदा आवागमनमा समस्या
बुधबार, १२ असार २०८१, ११ : ५३

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो ।
अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ भासिएको उनले जानकारी दिए । सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित