लागु औषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ
बुधबार, १२ असार २०८१, १३ : २८
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले लागु औषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन् । बुधवार लागु औषध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लागु औषध दुर्व्यसनी न्यूनीकरण र रोकथामका विषयहरूमा सरकार, राजनीतिक दल, सम्बन्धित संघ संसथा, समाज एक हुनुपर्ने बताए । लागु औषध दुर्व्यसनी नेपालमा विकराल भएको भन्दै उनले अहिले मसिना कुरामा राजनीति गरेर अड्केर बस्ने समय नरहेको बताए । उनले सीमा क्षेत्रमा मात्र नभई जुम्ला लगायतका हिमाली जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी विकराल बनेको बताए ।
मन्त्री श्रेष्ठले लागु औषध दुर्व्यसनी राष्ट्रिय रोग बनेको भन्दै सबै मिलेर लड्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण