यस वर्ष धान दिवस चितवनमा मनाइने, देशभर ९.८ प्रतिशत रोपाइँ
काठमाडौँ । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने भएको छ । 'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ यही १५ गते चितवनमा मनाइने भएको हो ।
विगत वर्षदेखि ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा मनाउँदै आएको महोत्सव यो वर्ष सन्देश प्रवाह, धान बालीको ठुलो ब्लकको, मेसिनरी प्रयोग भएकोले चितवनमा मनाइने निर्णय गरिएको कृषि विभागका महानिर्देशक डा नरहरि प्रसाद घिमिरेले बताए ।
नेपालमा हालसम्म ९.८ प्रतिशत क्षेत्रफलमा रोपाई भएको छ । यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको विभागको तथ्याङ्क छ ।
गत वर्ष देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै भएको थियो । केन्द्र सरकारले विगत वर्ष बागमती प्रदेशमा मात्रै धान दिवस मनाउँदै आएको छ । आगामी वर्षमा अरू प्रदेशमा पनि यो दिवस मनाउने विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण