मन्त्रालयस्तरको आयोजना बैंक तयारी अवस्था छ : मन्त्री श्रेष्ठ
हेटौँडा । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री एकलाल श्रेष्ठले मन्त्रालय स्तरको आयोजना बैंक तयारी अवस्थामा रहेको बताएका छन् । उनले योजना आयोगसँग समन्वय गरेर मन्त्रालय स्तरको आयोजना बैंकलाई परिचालन गर्न भूमिका खेल्ने बताए ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै नागरिकको आवश्यकता र अपेक्षालाई समेट्न नसकिएको बताए । स्रोतको अभावका कारण सांसदहरूले माग गरेअनुसार बजेट व्यवस्था गरिएको उनको भनाई छ । बजेटमाथि हुने चलखेलका विषयमा मन्त्रालय र विभागीय मन्त्रीको हैसियतमा आफू सचेत रहेको उनले बताए ।
‘नागरिकको घर घरमा शुद्ध खानेपानी, सिँचाई सुविधा पुर्याउन खानेपानी सरसफाइ सुलभ वर्षको रूपमा मनाउने तयारी छ । सो अनुसार प्रत्येक जिल्लामा समस्या र आवश्यकताका बारेमा प्रदेश सांसद, स्थानीय तह र नागरिकहरूसँग छलफल गरी सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ’ उनले भने, ‘मन्त्रालयले बहुवर्षे र साना तथा क्रमागत योजना सञ्चालनको लागि कार्यालयहरूलाई सिलिङ पठाइएको छ । हाल खानेपानीका २० र सतह र भूमिगत सिँचाइका ७३ वटा गरी ९३ वटा योजनाहरू बहुवर्षे आयोजनाको रूपमा रहेको छ । ती योजनामा कुल बजेटबाट विनियोजन गरिएको छ ।’
बजेट छनौट गर्दा खानेपानी र सिँचाइका योजनाको प्राथमिकता तोकिएको उनले बताए । स्थानीय तहको सिफारिस, सांसदहरूको माग र आवश्यकताको आधारमा योजना छनोट गरिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण