प्रदेश सरकारले रोजगारी सृजनाको कार्यक्रम अघि बढाएको छ : मन्त्री लम्साल
हेटौंडा । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारले रोजगारी सृजनाको कार्यक्रम अघि बढेको बताएका छन् । सरकारले रोजगारी सृजनाको लागि ठोस कार्यक्रमसहित अघि बढ्न बजेटमा व्यवस्था गरेको उनले बताए ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले रोजगार मेला सञ्चालन गरी श्रमिक र मालिकको भेट हुने वातावरण निर्माण गर्ने तयारी रहेको बताए । सरकारले राजस्व वृद्धिका लागि नीतिगत सुधार गरेर दायरा वृद्धिमा काम गर्ने तयारी गरेको उनको भनाई छ ।
राइड सेयरिङलाई कानुनी दायरामा ल्याएर नियमन गर्न तथा राजस्व वृद्धिमा नीतिगत सुधारको काम गर्ने तयारी रहेको उनले बताए । उनका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षको जेठसम्ममा १० अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
‘श्रम रोजगार तथा यातायात मन्त्रालय राजस्वको सङ्कलनको गर्ने महत्त्वपूर्ण मन्त्रालय हो । मन्त्रालयले जेठसम्ममा १० अर्ब राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा ९० प्रतिशत राजस्व सङ्कलन हुने अवस्था छ । श्रम नीति निर्माण भइसकेको छ । संघीय सरकारसँगको समन्वयमा ऐन निर्माण अघि बढ्ने तयारी छ,’ उनले भने ।
यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री लम्सालले बताए । सार्वजनिक सवारीको भाडा भुक्तानीलाई नगद रहित बनाउने, मातहतका कार्यालयहरू डिजिटल बनाउने काम सरकारले गरिरहेको उनको भनाई छ । प्रदेश सरकारले ज्यालादारी र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण