प्राविधिक तथा व्यावसायिक शिक्षाको जोड दिएको छ : मन्त्री मोक्तान
हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिएको बताएकी छिन् । युवाहरूलाई सिपयुक्त र स्वरोजगार बनाउन सरकारले व्यवसायीक तथा प्राविधिक शिक्षामा बजेट केन्द्रित गरेको उनले बताइन् ।
बिहीबार प्रदेशसभा बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री मोक्तानले सरकारले प्राविधिक र व्यावसायिक शिक्षाका लागि २४ करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताइन् । युवाहरूलाई रोजगारीको अवस्था सिर्जना गर्न कार्यक्रमहरू समावेश गरिएको उनको भनाई छ ।
‘प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् गठन गरेर अघि बढेको छ । प्राविधिक शिक्षालय स्थापना गरेर अघि बढ्ने काम अन्तिम चरणमा पुगेको छ । सो परिषद्लाई सक्रिय बनाउन र स्वरोजगार युवा निर्माण गरी उद्यमशीलता विकासमा जोड्न मन्त्रालयमा बजेट व्यवस्था गरिएको हो । सीटीईभीटीबाट कुनै व्यक्तिले सिकेको सीपको परीक्षणको व्यवस्था हुनेछ,’ उनले भनिन् ।
अधिकांश व्यक्तिहरू सीप सिकेपनि प्रमाणपत्र प्राप्त गर्न नसकिरहेको अवस्थामा सीप परीक्षण गराई प्रमाणपत्र वितरण गर्न यसले मद्दत पुग्ने उनको विश्वास छ । प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने उच्च शिक्षा र प्राविधिक शिक्षालाई व्यवस्थित गर्न विश्व विद्यालय स्थापना र संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण