झापामा खोलाले बगाउँदा दुई बेपत्ता
झापा । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।
बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए ।
यसअघि बुधबार सोही वडास्थित कमल बनियानी खोलाले बगाउँदा स्थानीय झोलुङ्गे टोलका वेद विश्वकर्माका १३ वर्षीय छोरा मिलन विश्वकर्मा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
साथीहरुसँग खोला तर्ने क्रममा ती किशोरलाई खोलाले बगाएको थियो । साथीसँग फुटबल खेलेर फर्कने क्रममा साथीहरुसँग पौडी खेल्न उनी खोलमा पसेका थिए । सोही क्रममा विकलाई खोलाले बगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार बिहीबार बिहान नै पानीमा डुबेर जिल्लाको शिवसताक्षी नगरपालिका–२ बस्ने २८ वर्षीय बुधे बेस्राको मृत्यु भएको छ । घरको पूर्वपट्टी खेतमा जमेको पानीमा डुबेर उनी मृतावस्थामा फेला परेको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण