बजेट प्रणालीमा नीति बनाउँदा सांसदहरूले विधिमा बाँधिनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश निजामती नियमावली निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् । नियमावली निर्माण गरेर प्रशासनिक क्षेत्रमा रहेका कमीकमजोरी सुधार गर्दै व्यवस्थापनमा प्रभावकारी हुने उनले बताए ।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जम्कट्टेलले लोक सेवा आयोगको कामलाई प्रभावकारी बनाउन र व्यवस्थित गर्न सरकारले भूमिका खेल्ने बताए । लोक सेवा आयोगमा रिक्त रहेका पदहरू पूर्ति गरेर उपलब्धिमूलक काममा अग्रसर हुने उनको भनाई छ ।
उनले बजेट विनियोजन प्रणालीलाई व्यवस्थित गर्दा सांसदहरूले चाहे अनुसारको योजना समावेश गर्न नसक्ने बताए । प्रणाली परिमार्जन गर्दा सांसदहरूले खोजेका आयोजनाहरूले बजेटमा समावेश गर्न कठिन हुने उनको भनाई छ ।
‘बजेट विनियोजन प्रणालीको नीति निर्माण गर्न सरकार तयार छ । नीति निर्माण गरेर अघि बढ्दा सांसदहरू बाँधिएर बस्नुपर्ने बाध्यता रहन्छ । नीति निर्माण गरेर अघि बढ्दा स्थानीय तहको सिफारिसका योजना हाल्नु पर्छ । तपाईँहरू बाँधिन तयार हो भने सरकारले नीति बनाउन अघि बढ्छ । संसदबाट बजेट विनियोजन प्रणाली निर्माण गरेर अघि बढ्छ,’ उनले भने ।
बजेटले भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा नयाँ ढंगको बजेट ल्याएको उनले बताए । लक्षित वर्गमा बजेट पुर्याउने गरी बजेट विनियोजन र कार्यान्वयनमा सरकारले भूमिका खेल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण