पेरुमा ७.२ म्याग्नीच्यूडको भूकम्प, तटीय क्षेत्रमा सामुद्रिक छाल बढ्ने खतरा

लिमा । पेरुको मध्य तटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।
युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दुरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर) मा ३० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दु रहेको जनाएको छ ।
‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताएपनि आफ्नो पूर्व सूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ ।
भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको तर भूकम्पको ठुलो धक्का महसुस गरिएकाले केन्द्रबिन्दु आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रको थप विवरण सङ्कलन भइरहेको पेरुका सरकारी अधिकारीहरूले जनाएका छन् । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
-
चितवन हत्या प्रकरण : स्कुल ड्रेसमा थिए बच्चा, अचानक खुर्पा प्रहार गरेर हत्या
-
माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
-
सुदूरपश्चिमप्रति केन्द्रीय सत्ताको विभेदपूर्ण व्यवहार छः अध्यक्ष प्रचण्ड
-
फाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज बलियो बंगलादेशसँग भिड्दै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र