१३ बुँदे घोषणापत्र जारी गर्दै सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न
काठमाडौँ । हेटौंडामा आयोजित सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनले प्रदेशको राजधानी बाहिर मुकाम रहेका उच्च अदालतलाई यथाशीघ्र प्रदेशको राजधानीमा मुकाम कायम गर्न माग गरेको छ । संविधानको धारा १५६ मा भएको प्रदेश न्याय सेवा आयोग सम्बन्धी कानुन तत्काल निर्माण गर्न पनि सम्मेलनले माग गरेको छ ।
सम्मेलनले विशेष प्रकृतिका राष्ट्रिय महत्त्वका विषय समेटिएका रिटहरू बाहेक अन्य रिटको क्षेत्राधिकार उच्च अदालतलाई प्रदान गरी उच्च अदालतलाई समेत अभिलेख अदालत बनाउँदै उच्च अदालतले गरेका निर्णय (फैसला)हरूको अभिलेख राख्न तथा त्यस्ता फैसलाहरू प्रादेशिक क्षेत्रभित्र नजिरसरह बाध्यकारी बनाउन पनि सम्मेलनले माग गरेको छ ।
सम्मेलनले सङ्क्रमणकालीन न्याय यथाशीघ्र सम्पन्न गर्न संघीय संसदमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अविलम्ब पारित गर्न पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण