जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने माध्यम होइन : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) ओठेभक्ती र स्वार्थ पुरा गर्ने माध्यम नभएको बताएका छन् ।
एमालेका तत्कालीन महासचिव स्वं मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जबजबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘जबज ओठेभक्ती र स्वार्थ पुरा गर्ने भन्ने खालको मौकापरस्त होइन’, उनले जबजलाई एमालेले विचारधाराको रूपमा लिएको बताए ।
सिलसिला र निरन्तरतापछिमात्रै जबजको विचार निर्माण भएको भन्दै त्यो नै परिपूर्ण विचार भएको ओलीको भनाइ छ । उनले जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा पुर्याउने दाबी गरे ।
‘मदन भण्डारी हाम्रो निकट, आफन्त, नेता, चिनेजानेको हुनुहुन्थ्यो र उहाँको अगुवाइमा भएकाले जबज कसरी छोड्ने भन्ने होइन’, ओलीले भने, ‘उहाँको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्यो । जबज कुनै ध्यान, तप आसन वा व्यायाम र तपस्याबाट आएको होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण