एसईईमा एनजी आएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो ।
दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले रातोपाटीलाई जानकारी दिए ।
‘आज एनजी आएका सबै विद्यार्थीहरुलाई मौका परीक्षा दिन पाउने निर्णय भएको छ । यदि एनजी आएका कुनै विद्यार्थीले मौका परीक्षा दिएर कक्षा ११ पढ्ने चाहाना राख्छन् भने उनीहरुले मौका परीक्षा दिन पाउन् भनेर मन्त्रीस्तरीय निर्णयबाट यो मौका दिइएको हो’ प्रवक्ता दाहालले भने ।
एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका– २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्र, परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय समेत गरेको दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगललाई ४.१ अर्ब युरो जरिवाना लगाउने निर्णयको युरोपेली सङ्घले गर्यो समर्थन
-
इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय २ हप्तामा लिन्छु: ट्रम्प
-
फिल्म 'खाली सिसी नयाँ कागज'मा विदेश मोह र पीडा
-
राहत केन्द्रनजिकै इजरायली आक्रमणमा २३ जनाको मृत्यु
-
१६ अर्ब पासवर्ड र लगइन डाटा चुहावट, अहिलेसम्मकै सबैभन्दा ठूलो डाटा चोरी
-
एसीमा बढी समय बस्ने व्यक्तिलाई हुन सक्छन् यस्ता स्वास्थ्य समस्या