वृद्ध महिलाको हत्या आरोपमा एक पक्राउ
शनिबार, १५ असार २०८१, ०६ : १६
काठमाडौँ । नेपाल प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ३५–४० वर्षका राजेश तामाङ रहेका छन् ।
तामाङले हिजो दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरि हत्या गरेको बताइएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई हत्यारालाई खोजतलास गर्ने क्रममा डिगाँउ नजिक खेतबारीमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण