देशभर झन्डै १० प्रतिशत क्षेत्रमा सकियो रोपाइँ
काठमाडौँ । कृषि विभागले देशभरमा ९.८ धान रोपाइँ सकिएको जानकारी दिएको छ । सबै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत धान रोपाई सकिएको विभागले जानकारी दिएको हो ।
गत वर्षको यस अवधिसम्ममा ८.७५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । यो प्रदेशको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
यसबाहेक लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिँदा गण्डकीमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ । यसबाहेक कोशी प्रदेशमा ५.६ प्रतिशत भूभागमा र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताइएको छ । तथ्यांकअनुसार सबैभन्दा कम रोपाई मधेशमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण