देशभर झन्डै १० प्रतिशत क्षेत्रमा सकियो रोपाइँ

काठमाडौँ । कृषि विभागले देशभरमा ९.८ धान रोपाइँ सकिएको जानकारी दिएको छ । सबै प्रदेशबाट प्राप्त तथ्यांकअनुसार यस अवधिसम्ममा ९.८ प्रतिशत धान रोपाई सकिएको विभागले जानकारी दिएको हो ।
गत वर्षको यस अवधिसम्ममा ८.७५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । नेपालमा १३ लाख ९८ हजार ८३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आइरहेको छ । यसमध्ये १ लाख ३६ हजार ४११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको विभागले जनाएको छ ।
तथ्यांकअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा रोपाइँ सकिएको छ । यो प्रदेशको २३.९ प्रतिशत हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत, बागमतीमा १८.३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
यसबाहेक लुम्बिनीमा ८.८ प्रतिशत भूभागमा रोपाइँ सकिँदा गण्डकीमा ८.३ प्रतिशत रोपाइँ सकिएको छ । यसबाहेक कोशी प्रदेशमा ५.६ प्रतिशत भूभागमा र मधेश प्रदेशमा २.९ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताइएको छ । तथ्यांकअनुसार सबैभन्दा कम रोपाई मधेशमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा रास्वपा र राप्रपाले विरोध जारी राख्ने
-
हचुवाको भरमा बन्यो एन्फाको क्यालेन्डर
-
इरानी क्षेप्यास्त्र आक्रमणमा इजरायलमा ४७ घाइते, अस्पतालमा पनि क्षति
-
‘विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार, २०२५’ को शीर्ष १० मा कोपिला भ्याली छनोट
-
२०२६ महिला टी-२० विश्वकप : भारत-पाकिस्तान भिडन्त जुन १४ मा
-
इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ