समाचार
सहकारीबारे संसदीय छानबिन समितिको बैठक बस्दै
आइतबार, १६ असार २०८१, ११ : ०९
काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । आइतबार बिहान ११ बजेपछि बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।
समितिका संयोजक एमाले सांसद सूर्य थापाले भने– ‘यसअघि सहकारी संस्थामा छानविन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको छ । यसबाहेक अरु नियमित विषयमा छलफल गर्छौं ।’
सिंहदरस्थित संसद सचिवालयमा रहेको कार्यालयमा समितिको बैठक बस्न लागेको हो । गत जेठ १५ गते गठन गरिएको यो समितिलाई ३ महिनामा गोरखा मिडिया नेटवर्क लगायतका सहकारी संस्थाहरुको छानविन गरेर प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण