युक्रेनमा नयाँ हमलापछि जेलेन्स्कीले मागे लामो दूरीसम्म हान्ने हतियार
किभ । युक्रेनमाथि हालै भएको आक्रमणमा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि पनि लामो दूरीसम्म हान्न सकिने हतियार उपलब्ध गराइदिन माग गरेका छन् । उनले सामाजिक सञ्जाल टेलिग्राममा एउटा पोस्ट गर्दै सो अनुरोध गरेका हुन् ।
‘हाम्रा सहरहरू र मानिसहरूले हरेक दिन रुसी आक्रमणहरूको सामना गरिरहेका छन्, तर हामी रुसी मिसाइल लन्चरहरू नष्ट गरेर यो समस्यालाई जित्न सक्छौँ । तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियारको आवश्यकता छ । यसका साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्नेछ ।’ उनले पोस्टमा लेखेका छन् ।
शनिबार युक्रेनको दुर्गम क्षेत्र जापोरिझियाको भिल्न्यान्स्कमा रुसी आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको थियो । सो आक्रमणमा ३७ जना घाइते भएका थिए । यसपछि जेलेन्स्कीले पश्चिमी देशहरूसँग लामो दूरीको हतियार मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण