घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
आइतबार, १६ असार २०८१, १३ : २२
बैतडी । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घाइते हुनेमा स्थानीय सात वर्षीया निकिता चन्द र सात वर्षीया पूर्णीमा चन्द रहेका छन् । घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ । ट्रयाक्टरले छतमा खस्दा घरमा समेत क्षति पुगेको छ । प्रहरीले ट्रयाक्टर चालक धनीराम डगौरालाई नियन्त्रणमा लिएको । दुर्घटनामा उनी सामान्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते
-
महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण