संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिन्छ : सभामुख घिमिरे
काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद्लाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रूपमा बुझ्न नहुने पनि बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावनाहरू एक ठाउँमा ल्याउन सकिने उनले बताए । उनले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताए । सभामुख घिमिरेले सरकार पनि संसद्बाटै निर्देशित हुने भन्दै संसद्ले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए ।
उनले संसद्ले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्ने गरी व्यवहारतः काम गर्न सक्छ कि सक्दैन ? भन्ने कुरा नै अहिलेको मननयोग्य कुरा रहेको बताए । उनले अहिले संसद्ले २०१५ सालको निर्वाचनको परिणामदेखि संसद्ले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने कामहरू गरिसकेको बताए ।
घिमिरेले २००७ सालदेखि बनेका कानुनहरू अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने, अर्काइभ गर्ने र सुरक्षित गर्ने काममा संसद् लागिपरेको बताए । सभामुख घिमिरेले अहिले संसद्लाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढङ्गबाट निर्क्याेल गर्ने, विश्वव्यापी रूपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण