कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न जम्मा भएका छौँ : भुसाल
आइतबार, १६ असार २०८१, १४ : २०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् ।
काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै महासचिव भुसालले कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुन्छ त्यो मात्र समाजवादी हुनसक्ने पनि बताए ।
‘कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुनेछ त्यो मात्र समाजवादी भएर निस्कन्छ’, भुसालले भने, ‘त्यस्तो सङ्गठनात्मक ढाँचाले हामी समाजवादी कार्यक्रम र कार्यदिशामा पुग्न सक्छौ ।’
उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न महाधिवेशनमा जम्मा भएको भन्दै यसअर्थमा इतिहासको यो क्षण असाधारण र महत्वको भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण