सत्ताको खेलले संसद् प्रभावकारी हुन सकेन : उपाध्यक्ष घिमिरे
आइतबार, १६ असार २०८१, १४ : २८
काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छन् । आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले संसद्मा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् । अग्रजका सल्लाह सुझावबाट संसद्लाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।
उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थलाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् ।
उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्नसके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरिन् । उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण