पूर्वमुख्यमन्त्री अधिकारी भन्छन्– त्रिभुवनलाई मार्न महेन्द्रले माओत्सेतुङलाई पठाएको पत्र मसँग छ
पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजा त्रिभुवनलाई मार्ने योजनासहित तत्कालीन युवराज महेन्द्रले माओत्सेतुङलाई लेखेको पत्र आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । गण्डकीको संसद् बैठकलाई सम्बोधन गर्दै उनले सबै राजाहरू इमानदार नहुने भन्दै राजतन्त्र अत्यधिक निर्मम हुने उनको तर्क छ ।
‘सबै राजाहरू इमानदार हुन्छन् भन्ने हुँदैन । गणतन्त्र संविधानसभाबाटै गराउँछौँ भन्ने राजा त्रिभुवन पनि इमानदार हुन सकेनन्,’ उनले भने, ‘मैले यहाँ भन्नैपर्छ, मसँग त्यो तथ्य र प्रमाण छ । मेरै प्रदेशका एकजना दूतलाई राजा महेन्द्रले भूमिगत बाटो, तिब्बतको बाटो हुँदै माओत्सेतुङसम्म पठाएर म त्रिभुवनको हत्या गर्छु, मलाई सपोर्ट गर्नुपर्यो भनेको चिठी मसँग छ । स्वयं युवराजले राजालाई मार्छु भनेको चिठीका दस्ताबेजहरू छन् ।’
उनले राजतन्त्रको तुलनामा गणतन्त्र नै राम्रो शासन भएको बताए । ‘राजतन्त्र यतिसम्म पनि निर्मम हुन्छ । म राजतन्त्रको पक्ष वा विपक्षमा यहाँ उभिएको होइन । तर राजतन्त्रको तुलनामा संवैधानिक राजतन्त्र सापेक्षतामा ठिक हुन्छ भनेका हौँ,’ उनी भन्छन्, ‘त्यसले पनि गर्न नसकेपछि गणतन्त्रको व्यवस्था मिलेर ल्यायौँ । गणतन्त्रात्मक शासन व्यवस्थामा पनि संसदीय मोडालिटी नै अपनाएका छौँ । त्यसकारण गौरवका साथ भन्छौँ, विकासको क्रम मात्राबाट गुणमा परिणत हुँदै गुणात्मक रूपमै भिन्न संसदमा हामी छौँ ।’ उनले राजा महेन्द्रप्रति गरेको टिप्पणीले संशय फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण