स्मार्ट लाइसेन्स तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै तत्काल समाधान गर्न माग गरे ।
उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो । अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो । ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो प्रस्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ ।’
उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए ।
उनले भने, ‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ । त्यसैले यसमा बढी दुरुपयोग पनि हुन्छ । पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन । यातायात विभागमा लाइसेन्स छाप्न एउटा मात्र मेसिन छ । जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण