गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार
सोमबार, १७ असार २०८१, २० : ३९
जेरुसेलम । इजराइल रक्षा बल (आइडीएफ) ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ ।
रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो ।
आइडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “गाजाको खान युनिस क्षेत्रबाट करिब २० वटा रकेट प्रहार भएको पहिचान गरिएको थियो ।”
प्यालेस्टिनी इस्लामिक जिहाद, गाजामा मुख्यालय रहेको सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
इजराइलले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा आफ्नो सैन्य आक्रमण सुरु गरेको थियो । यस क्रममा हमास लडाकूहरूले दक्षिणी इजराइलमा घुसपैठ गरेका थिए ।
लगातार इजराइली भूमि र हवाई आक्रमणले गाजामा कम्तीमा ३७ हजार नौ सय मानिसको ज्यान लिएको छ । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण