पेनाल्टी सुटआउटपछि पोर्चुगल क्वार्टरफाइनलमा
काठमाडौँ । स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी बन्यो ।
यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो ।
तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहार बचाऊ गर्न सफल भए ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा भने रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे । त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे ।
उता, पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोकेका थिए । पोर्चुगलले अब अन्तिम ८ मा फ्रान्सको सामना गर्नेछ । फ्रान्स बेल्जिमलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण