कारले भीडलाई कुल्चिँदा सोलमा कम्तीमा ९ जनाको मृत्यु
सोल । दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति ९ः३० बजेतिरको भएको प्रहरीले बताएको छ ।
योन्ह्याप समाचार एजेन्सीका अनुसार कारका चालक ६८ वर्षका थिए । ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई गाडीले ठक्कर दिएको थियो ।
यस घटनामा घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार कार गलत दिशामा चलाइएको थियो । भीडलाई कुल्चनु अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो । घटना सोल सिटी हलको चोकमा भएको जानकारी दिइएको छ ।
चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । कारको गति एक्कासि बढेको प्रहरीसँगको सोधपुछमा चालकले बताएका थिए । दक्षिण कोरियामा सडक दुघर्टनामा सबैभन्दा धेरै ज्यान पैदलयात्रीको जाने गरेको छ । सन् २०२२ मा सडक दुघर्टनामा भएको कूल मृत्युमा पैदलयात्रीको अनुपात ३५ प्रतिशत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण