स्टार कलाकार बिनाको मुंजा सय करोड भारु क्लबमा
नयाँ दिल्ली । ठुला स्टार कास्ट नरहेको बलिउड फिल्मले बक्स अफिसमा मनग्य कमाई गरेको विरलै देख्न पाइन्छ । तर हरर कमेडी मुंजाले यो उपलब्धि हासिल गरेको छ ।
बक्स अफिसमा फिल्मको कलेक्सन सय करोड भारुमा पुगेको छ । मुंजाका लागि सय करोड भारु कमाउन त्यति सहज भने थिएन ।
पछिल्ला केही दिनदेखि बक्स अफिसमा फिल्मले चन्दु च्याम्पियन र कल्की २८९८ एडीसँग कडा प्रतिस्पर्धा गर्नु परेको थियो । ठुला स्टारका फिल्मसँग जुधेर पनि मुंजाले लगातार कमाइ रहेको छ । दर्शकहरूले यसको कथालाई निकै मन पराइरहेका छन् । हलमा दर्शकको ताँती लागिरहँदा कलेक्सन पनि बढ्दै गएको छ ।
फिल्ममा छन् यी कलाकार
मुंजा यही जुन ७ मा सिनेमाघरमा रिलिज भएको थियो । आदित्य सरपोतदारले निर्देशन गरेको यो हरर कमेडी फिल्म हो । फिल्ममा ठुला कलाकार छैनन् । यसअघि मनोज बाजपेयीको वेब सिरिजमा ‘द फैमिली म्यान’ काम गरेका अभय वर्माले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।
उनीसँगै शर्वरी वाघ पनि मुख्य भूमिकामा छिन् । फिल्मलाई म्याडक फिल्म्सले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण