समान हैसियतका अस्ट्रिया र टर्कीबिच क्वार्टरफाइनल पुग्ने होड
काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा क्वार्टरफाइनल प्रवेशका लागि बुधबार दुई समान हैसियतका टोली अस्ट्रिया र टर्कीबिच भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार बुधबार बिहान ००ः४५ बजे सुरु हुनेछ । यो खेलसँगै जारी युरोकपको क्वार्टरफाइनल समीकरण पनि पुरा हुनेछ ।
युरोकप फुटबलमा अस्ट्रिया र टर्कीबिच धेरै कुरामा समानता देखिन्छ । यी दुवै टोलीले हालसम्म युरोकपको उपाधि चुम्न सकेका छैनन् । यी दुवै टोलीले युरोकपमा सहभागिता जनाउन थालेको पनि धेरै लामो समय भएको छैन । यी दुवै टोलीको पछिल्लो प्रदर्शनमा पनि खासै अन्तर देखिँदैन ।

प्रारम्भिक चरणमा अस्ट्रिया आफ्नो समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अस्ट्रिया समूह ‘डी’ मा परेको थियो । अस्ट्रियाले आफूले खेलेका तिनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । अस्ट्रियाले ६ गोल गरेको थियो भने चार गोल खाएको थियो ।
टर्की भने प्रारम्भिक चरणमा आफ्नो समूहको उप–विजेता बन्दै नकआउट चरणमा पुगेको हो । टर्की समूह ‘एफ’ मा परेको थियो । समूहगत चरणमा टर्कीले पनि तीनमध्ये दुई खेलमा एक खेलमा हारको नतिजा निकालेको थियो । टर्कीले पाँच गोल गरेको थियो भने पाँच गोल खाएको थियो ।

विश्व फुटबल महासंघद्वारा जारी पछिल्लो वरीयतामा अस्ट्रिया २५औँ र टर्की ४२औँ स्थानमा आसीन छन् । युरोकप फुटबलमा अस्ट्रियाको यो केवल चौथो सहभागिता हो । अस्ट्रियाले सन् २००८ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो ।
अस्ट्रियाले त्यसपछि सन् २०१६ र सन् २०२० को युरोकप पनि खेलेको थियो । अस्ट्रिया हालसम्म युरोकपको सेमिफाइनलसम्म पनि पुग्न सकेको छैन । टर्कीको भने युरोकपमा यो छैटौँ सहभागिता हो । टर्कीले सन् १९९६ मा पहिलो पटक युरोकपमा सहभागिता जनाएको थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीबिचको प्रतिद्वन्द्विता भने निकै पुरानो छ । सन् १९४८ को मे ३० मा यी दुई राष्ट्रबिच पहिलोपटक भिडन्त भएको थियो । त्यो खेलमा अस्ट्रियाले टर्कीलाई १–० गोलले हराएको थियो । पछिल्लो पटक यी दुई टोली सन् २०२४ को मार्च २६ मा भिडेका थिए । त्यो खेलमा पनि अस्ट्रियाले टर्कीलाई ६–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।
टर्कीले पनि हालसम्म युरोकपको उपाधि चुम्न सकेको छैन । तर, टर्की सन् २००८ मा भने युरोकपको सेमिफाइनलसम्म पुगेको थियो । जारी विश्वकपको छनोट प्रतियोगितामा पनि टर्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो ।
छनोट प्रतियोगितामा टर्की आफ्नो समूहको विजेता बनेको थियो । टर्कीले आफूले खेलेको आठमध्ये पाँच खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । टर्कीले विपक्षीको पोस्टमा १४ गोल गरेको थियो भने सात गोल खाएको थियो ।

यसैगरी अस्ट्रिया भने छनोट चरणमा आफ्नो समूहको उप–विजेता बन्दै युरोकपमा सहभागी भएको हो । अस्ट्रियन टोलीले आठमध्ये ६ खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । अस्ट्रियाले १७ गोल गरेको थियो भने सात गोल खाएको थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा हालसम्म अस्ट्रिया र टर्कीबिच कुल १७ खेल खेलिएको छ । त्यसमध्ये नौ खेलमा अस्ट्रियाले टर्कीलाई पराजित गरेको छ । सात खेलमा भने टर्कीले अस्ट्रियालाई हराएको छ । यी दुई टोलीबिचको एक खेल भने बराबरीमा सकिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोलीबिचको प्रतिद्वन्द्विता भने निकै पुरानो छ । सन् १९४८ को मे ३० तारिखमा यी दुई राष्ट्रबिच पहिलो पटक भिडन्त भएको थियो । त्यो खेलमा अस्ट्रियाले टर्कीलाई १–० गोलले हराएको थियो । पछिल्लो पटक यी दुई टोली सन् २०२४ को मार्च २६ तारिखमा आपसमा भिडेका थिए । त्यो खेलमा पनि अस्ट्रियाले टर्कीलाई ६–१ गोलको फराकिलो अन्तरले हराएको थियो ।
जारी युरोकपमा अस्ट्रियाको टोली राल्फ राग्निककको प्रमुख प्रशिक्षकत्वमा रहेको छ । अस्ट्रियन टोलीमा ब्रोन्डबीका प्याट्रिक पेन्ज (गोलरक्षक), इन्टर मिलानका मार्को अर्नाउतोभिच (कप्तान), बोलोग्नाका स्टेफन पोच, एससी फ्रिबर्गका फिलिप लिनहर्ट, फेयनुर्डका गेर्नट ट्राउनर, उल्फ्सबर्गका प्याट्रिक विमर लगायतका खेलाडी छन् ।
यसैगरी जारी युरोकपमा टर्कीको प्रमुख प्रशिक्षक हुन्, भिनसेन्जो मोन्टेल्ला । टर्कीको वर्तमान टोलीमा बेसिकटसका मर्ट गुनोक (गोलरक्षक), इन्टर मिलानका हकान काल्हानोग्लु (कप्तान), रोमाका जेकी सेलिक, अल–आहलीका मेरिह डेमिरल, रियल मड्रिडका आर्डा गुलेर, युभेन्ट्सका केनन एल्डिज लगायतका खेलाडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण