ओसिनलाई प्रेस काउन्सिल बोलाइयो, आपत्तिजनक अंश हटाउन कान्तिपुर टिभीलाई निर्देशन
काठमाडौँ । कान्तिपुर टिभीको विवादास्पद ‘इट्स माइ शो’ का कतिपय अंश आपत्तिजनक भन्दै प्रेस काउन्सिल नेपालले त्यसलाई हटाउन निर्देशन दिएको छ । काउन्सिलले यो विषयमा बयानका लागि आज उक्त कार्यक्रम प्रस्तोता ओसिन सिटौलालाई कार्यालयमै बोलाएको थियो ।
झण्डै एक घण्टा सिटौलाले उक्त कार्यक्रमबारे विभिन्न तर्क गरेकी थिइन् । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग भएको छलफलमा प्रस्तोता सिटौलाले आफ्नो कार्यक्रममार्फत अरूको चरित्र हत्या गर्ने, गोपनीयता हनन हुने निहित उद्देश्य नराखेको प्रष्ट पारेकी थिइन् ।
उनले एक साता अघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाग्री राज्य लक्ष्मी शाह ल्याएकी थिइन । त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक, गोपनीयताको हक विपरीत रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो ।
उनले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी थिइन । काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशन समेत दिएको काउन्सिलका एक सदस्यले बताए ।
छलफलमा अध्यक्ष बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनालसहित सहभागी थिए । उक्त शोका निर्माता, कान्तिपुर टिभीका समाचार र प्रशासनको समेत प्रतिनिधित्व थियो ।
प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरीतका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिङ गरेका मुद्दामा सक्रियता देखाइरहेको छ ।
यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कारबाही गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण