टेलिभिजन कार्यक्रममा बोलेको विषयमा जसीतासँग स्वस्तिमा र साम्राज्ञीले मागे माफी

काठमाडौँ । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री जसीता गुरुङको विषयमा आफूले दिएको अभिव्यक्ति प्रति अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागेका छन् । अभिनेत्री जसीताले आपत्ती जनाएको पोस्टको कमेन्टमा गएर उनीहरूले माफी मागेका हुन् ।
अभिनेत्री खड्काले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैँ मेरो लागि राम्रो साथी छौँ र एक पटक फेरि म तिमीसँग माफी चाहन्छु ।’
त्यस्तै, अभिनेत्री साम्राज्ञीले भने कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने बताएकी छन् । ‘हामीलाई प्रश्नहरूको यो र्यापिड फायर राउन्डमा एक स्थितिमा राखिएको थियो तर हामीले नतिजाको बारेमा सोचेका थिएनौँ । तर, कुनै पनि तरिकाले तपाईंलाई होच्याउने प्रयास गरेका थिएनौँ । तपाईंको भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’
जसीताको बारेमा टेलिभिजन कार्यक्रममा जथाभाबी बोल्ने स्वस्तिमा र साम्राज्ञीविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ ।
कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा स्वस्तिमा र साम्राज्ञीले जसीताको व्यक्तिगत जीवनका बारेमा धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता