टेलिभिजन कार्यक्रममा बोलेको विषयमा जसीतासँग स्वस्तिमा र साम्राज्ञीले मागे माफी
काठमाडौँ । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री जसीता गुरुङको विषयमा आफूले दिएको अभिव्यक्ति प्रति अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागेका छन् । अभिनेत्री जसीताले आपत्ती जनाएको पोस्टको कमेन्टमा गएर उनीहरूले माफी मागेका हुन् ।
अभिनेत्री खड्काले लेखेकी छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैँ मेरो लागि राम्रो साथी छौँ र एक पटक फेरि म तिमीसँग माफी चाहन्छु ।’
त्यस्तै, अभिनेत्री साम्राज्ञीले भने कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने बताएकी छन् । ‘हामीलाई प्रश्नहरूको यो र्यापिड फायर राउन्डमा एक स्थितिमा राखिएको थियो तर हामीले नतिजाको बारेमा सोचेका थिएनौँ । तर, कुनै पनि तरिकाले तपाईंलाई होच्याउने प्रयास गरेका थिएनौँ । तपाईंको भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’
जसीताको बारेमा टेलिभिजन कार्यक्रममा जथाभाबी बोल्ने स्वस्तिमा र साम्राज्ञीविरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको छ ।
कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा स्वस्तिमा र साम्राज्ञीले जसीताको व्यक्तिगत जीवनका बारेमा धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण