५ किलो अफिमसहित दुई जना पक्राउ
मङ्गलबार, १८ असार २०८१, २१ : ५०
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५ वर्षीय रामबहादुर शाही र जाजरकोटको बारेकोट गाउँपालिका–८ सेपुखोला बस्ने ३५ वर्षीय पूर्णबहादुर विकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले पक्राउ गरेको हो ।
हवल्दारपुरको फन पार्क अगाडि शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई प्रहरीले जाँच गर्दा अफिमसहित भेटिएका हुन् । उनीहरूको साथबाट कर्णाली प्रदेश ०२–००२ प ११८६ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनीहरूलाई लागुऔषध कारोबारमा मुद्दा चलाइ जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण