सवारी अभिलेखलाई डिजिटलाइज गर्दै बागमती सरकार
हेटौँडा । बागमती प्रदेश सरकारले सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको अभिलेखलाई प्रविधिमैत्री र डिजिटलाइज गर्ने तयारी गरेको हो ।
मन्त्रालयले लागि डाटा इन्ट्रिकर्ता भर्ना गरी प्रदेशमा दर्ता रहेका सवारी अभिलेखको डिजिटलाईजेसन प्रक्रिया अघि बढाउने तयारी गरेको हो । मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धाद्वारा करारमा डाटा इन्ट्रिकर्ता भर्ना गरिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
मन्त्रालयले १०० जना डाटा इन्ट्रिकर्ताका लागि विज्ञापन गरेको छ । साथै थप ५० जना आवश्यकता अनुसार रोष्टरमा राखिने मन्त्रालयको भनाई छ । सो पदका लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको नेपाली नागरिकले अनलाई मार्फत् दर्खास्त दिन सक्ने व्यवस्था गरिएको छ ।
उक्त पदमा माध्यमिक तह (१०+ २ तह) वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी कम्तीमा ३ महिना तालिम लिएका वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो तहमा कम्प्युटर विषय उत्तीर्ण गरेका उम्मेदवारले सूचना प्रकाशित भएको ७ दिन भित्र (असार २५ गते) दर्खास्त दिन सक्ने व्यवस्था रहेको छ ।
छनौट भएका उम्मेदवारहरूले सवारी अभिलेखको डिजिटलाईजेसन तथा आर्किभिङ सम्बन्धी कार्यविधि, २०८० मा उल्लेख भए अनुसार पारिश्रमिक उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण