४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ
बुधबार, १९ असार २०८१, १७ : २७
काठमाडौँ । १ किलो २४७ ग्राम लागु औषध कोकिनसहित २ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तान्जानियन नागरिक बर्ष ४६ का RAMADHANI SIMBA MWABUMBA र बर्ष ५२ का TWALIB KIPEVU PASHUA रहेका छन् । उनीहरुलाई राजधानीको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु
औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
प्लाष्टिक कोटेड कोकिनका क्याप्सुलहरु निजहरुले Ethopia को Addis Ababa पुगी निलेर काठमाडौँ आएको अनुसन्धानको क्रममा खुल्न आएको ब्युरोले जनाएको छ । बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी रु. ४ करोड ३७ लाख रहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण