वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना
दमौली । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो ।
वर्षौँदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । उनका अनुसार रु २५ करोड लागत अनुमानसहित यही असार १४ गते बोलपत्र आह्वान गरिएको छ ।
“एसियाली विकास बैंकको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माण प्रक्रिया सुरु भएको हो”, भण्डारीले भने, “पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।” भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।
एकसय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार ऋषिङ–१ तल्लो सेटाङमा गणेश आधारभूत विद्यालयको घेर पर्खाल तथा सभाहल निर्माण, सेती नदीको दायाँ किनार संरक्षण कार्य, बाँधतर्फबाट लोक्मा जाने पैदलमार्ग निर्माण, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद–५ स्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण, दीपज्योति आधारभूत विद्यालय भवन मर्मत, भारलाङ्दी खानेपानी समितिलाई सोलार पम्प आपूर्ति कार्य र सेती नदी बायाँ किनार संरक्षण कार्य भइरहेका छन् ।
व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालय भवन, बन्दीपुर गाउँपालिका–६ स्थित भुतखोला सराङघाट सडकखण्ड ग्याविन निर्माण, व्यास नगरपालिका–५ स्थित मगर समाज भवन निर्माण पनि भइरहेका उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण