अदालत
नक्कली शरणार्थी प्रकरणः बेचन झाविरुद्ध म्याद थपको तयारी
बिहीबार, २० असार २०८१, १३ : ४९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई प्रहरीले म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनी गत शुक्रबार पक्राउ परेका थिए भने अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न यसअघि दिएको म्याद बिहीबार सकिँदैछ । झाको नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको कनेक्सन रहेको बताइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण