एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने
बुटवल । नेकपा एमालेले एसईई पूरक परीक्षाको लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गर्ने भएको छ ।
अनेरास्ववियुले एसईई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षाको व्यवस्था गरिने बताए । उनले परीक्षामा फेल हुनु विद्यार्थीको मात्रै कमजोरी नभएको भन्दै उनले शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थी एसईई परीक्षामा फेल भएको बताए ।
अध्यक्ष ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य–मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए । उनले अनलाइन कक्षा लिनको लागि केपी शर्मा ओलीको फेसबुक पेजमा जोडिनुपर्ने बताए ।
उनले धेरै विद्यार्थीहरू अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा फेल भएको भन्दै ती विषयको अनलाइनबाट दक्ष प्रशिक्षकले अध्यापन गराउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण