अस्मिता, शान्तिश्री र विन्दुले गाए ‘माइली’ को गीत
काठमाडौँ । ‘माइली’ अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्म हो । रुना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको एकसाथ दुई गीत रेकर्ड गरिएको छ ।
बिहीबार अनामनगरस्थित २१ स्टुडियोमा फिल्मको ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाचेपछि मनै झलल’ बोलको गीत रेकर्ड गरिएको हो । ‘न त दिनले साथ दियो’ गीतमा गायिका अस्मिता अधिकारीले स्वर दिएकी छन् भने ‘खोली सलल’ गीतमा शान्तिश्री परियार र विन्दु परियारले स्वर भरेका छन् ।
दुईवटै गीतको शब्द शङ्कर अधिकारी ‘घायल’ ले कोरेका हुन् भने संगीत राजेन्द्र बजगाइँको छ । फिल्म बाबु साहेब बलामीले निर्देशन गर्न लागेका हुन् । श्रीमान् नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको सङ्घर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय फिल्मले कथा बनाएको छ । फिल्ममा शङ्कर अधिकारी ‘घायल’ को पटकथा तथा संवाद रहेनछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण