महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशनमा निर्वाचन नगराएरै नेतृत्व चुनिएकोप्रति तीव्र असन्तुष्टि सुरु भएको छ । समाजवादीका बारा क्षेत्र नंं. ४ बाट निर्वाचित सांसद एवं निवर्तमान केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले निर्वाचन नगराएर टीका लगाएर नेता बनाउने प्रवृत्ति हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘वडासदस्य पनि जित्न सक्ने हैसियत नभएकाले महाधिवेशनमा आफ्नो हैकम चलाउँदा क्रियाशील व्यक्तिहरुलाई पाखा लगाइयो', उनले भने ।
सांसद श्रेष्ठले आफूले निर्वाचनमा जाऔँ भन्दा सुनुवाइ नभएको बताउँदै समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा हाडीगाउँमा भन्दै व्यङ्ग्य कसे । समाजवादीको १६ असारदेखि काठमाडौँको प्रज्ञा भवनमा भएको महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो ।
तर, अन्य पदमा निर्वाचनको माग भएपनि अध्यक्ष मण्डलले महाधिवेशनबाट ९३ सदस्यीय केन्द्रीय समिति गठन गरेर महाधिवेशन समापन गरेको छ । बाँकी पदाधिकारी र केन्द्रीय सदस्यपछि छान्ने गरी महाधिवेशन सकिएको हो ।
यसले नेतालाई टेस्ट गर्ने प्रणाली ध्वस्त भएको र टीका लगाइदिने प्रणाली विकास भएको भन्दै अधिकांश प्रतिनिधिहरू पनि रुष्ट बनेका छन् ।
पूर्वमन्त्री समेत रहेका श्रेष्ठले रातोपाटीसँग भने, ‘प्रतिनिधिले नेतृत्व छान्ने अधिकार हनन भयो र नेतृत्वमा जान चाहने आकांक्षीले उम्मेदवारी दर्ता समेत गर्न पाएनन् । यो घोर अन्याय भयो ।’ यसअघि सांसद प्रेम आलेले पनि यस्तै असन्तुष्टि जनाएका थिए भने नेतृ रामकुमारी झाँक्री लगायतले पनि असन्तुष्टि जनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण