बाढी पूर्वानुमान
शनिबार कहाँ-कहाँ छ बाढीको खतरा ?
शनिबार, २२ असार २०८१, १० : १७
काठमाडौँ । देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेकाले आकस्मिक बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा स–साना खोलामा बहाव बढ्ने महाशाखाको भनाइ छ ।
आज र भोलि वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङ्दी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गर्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण